अमेरिकामा सबैभन्दा बढी कोरोना संक्रमण, विश्वभर एकै दिन ३ हजारको मृत्यु

काठमाडौं, १५ चैत । अमेरिकामा विश्वकै सबैभन्दा बढी कोरोना भाइरसका बिरामी भेटिएका छन्। तथ्यांक अनुसार अमेरिकामा कूल कोरोना संक्रमितको संख्या १ लाख २ हजार पुगेको छ।

संक्रमितको यो संख्या पुगेसँगै अमेरिकाले चीनलाई पनि उछिनेको छ। शुक्रबार सबैभन्दा बढी अमेरिकामा झण्डै १७ हजार नयाँ संक्रमित भेटिए। इटलीमा अहिलेसम्म ८६ हजार ४ सय संक्रमित भेटिएका छन्।

चीनमा ८१ हजार ३ सय ४० संक्रमित भेटिएकामा झण्डै ७५ हजार निको भइसकेका छन्। ३ हजार २ सय ९२ जनाको मृत्यु भएको छ। कोरोना संक्रमणबाट सबैभन्दा बढी इटलीमा ९ हजार १ सय मानिसको मृत्यु भएको छ।

स्पेनमा रहेका ६५ हजार ७ सय १९ कोरोना संक्रमित मध्ये ५ हजार १ सय ३८ जनाको मृत्यु भएको छ। जर्मनीमा हालसम्म ५० हजार ८ सय ७१ जनामा कोरोना संक्रमण पाइएको छ भने यीमध्ये ३ सय ५१ जनाको मृत्यु भइसकेको छ।

फ्रान्साम कोरोना संक्रमितको संख्या ३२ हजार ९ सय ६४ पुगेको छ, जसमध्ये १ हजार ९ सय ९५ जनाको मृत्यु भएको छ। इरानमा रहेका ३२ हजार ३ सय ३२ कोरोना संक्रमित मध्ये २ हजार ३ सय ७८ जनाले ज्यान गुमाएका छन्।

बेलायतमा कोरोना संक्रमितको संख्या १४ हजार ५ सय ४३ पुगेको छ। यीमध्ये ७ सय ५९ जनाको मृत्यु भइसकेको छ। स्वीट्जरल्याण्डमा कोरोना संक्रमितको संख्या १२ हजार ९ सय २८ रहेको छ भने २ सय ३१ जनाको मृत्यु भएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here