चलचित्र ‘अनुराग’ युटुबमा

काठमाडौं । एलिजा गौतमले निर्माण र अभिनय गरेको चलचित्र ‘अनुराग’ युटुबमा सार्वजनिक भएको छ ।

ओएसआर डिजिटल मार्फत चलचित्र सार्वजनिक गरिएको छ। सांगीतिक प्रेमकथामा आधारित फिल्म ऋषिराज धमलाको प्रस्तुतिमा तयार भएको चलचित्रलाई सत्यराज चौलागाइले निर्देशन गरेका हुन् ।

यस चलचित्रमा एलिजा गौतम, समुन्द्र पण्डित, ठिलेन लामा, सरोज खनाल, रुपा राना, राजाराम पौडेल, शिशिर राना, मोहन निरौला लगायतका कलाकारको मुख्य भूमिका छ ।

चलचित्रमा भरत गौतम र गीता भेटवालको लगानी छ । चलचित्रमा लाइन प्रोडुसर दिपक गौतम रहेका छन् भने निर्माण नियन्त्रक नबिन पुरी छन ।

रामकुमार केसीको छायांकन, किरण दाहालको कथा, सत्यराज चौलागाई र आगत केसीको पटकथा तथा संवाद रहेको छ । चलचित्रमा सरोज पोखरेल र ताराप्रकाश लिम्बुको संगीत रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here