लकडाउनको अवधि लम्बिने, अन्तर्राष्ट्रिय उडान प्रतिबन्ध अप्रिल १५ सम्म

काठमाडौं, १६ चैत । लकडाउनको अवधि एक साता थप हुने भएको छ । उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल नेतृत्वमा रहेको कोरोना भाइरस सङ्क्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले लकडाउनको समय थप गर्न सरकारलाई सिफारिस गरेको छ।

आइतबार बस्‍ने मन्त्रिपरिषद् बैठकबाट उक्त सिफारिस अनुमोदन गर्ने तयारी गरिएको छ। उक्त सिफारिस अनुमोदन भए चैत २५ गतेसम्म मुलुक लकडाउन हुनेछ।

यसअघि सरकारले चैत ११ गते बिहान ६ बजेदेखि चैत १८ गते बिहान ६ बजेसम्मका लागि देशभर लकडाउन लागू गरेको थियो।

अन्तर्राष्ट्रिय उडानमा लगाएको प्रतिबन्ध अप्रिल १५ अर्थात् आउँदो ३ वैशाखसम्म लम्बिएको छ ।

समितिको आइतबार बसेको बैठकले यो निर्णय गरेको हो । यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीले देशबासीलाई सम्बोधन गर्दै चैत ९ देखि १८ गतेसम्म नेपाल आउने अन्तर्राष्ट्रिय उडानमा रोक लगाउने घोषणा गरेका थिए ।

समितिले पोटेवल पीसीआर मेसिन प्रदेशहरुमा पठाउने निर्णय भएको छ ।

बढिभन्दा बढि प्रभाव र आवश्यकताको आधारमा ती मेसिनहरु पठाइने छ । जसमा प्रदेश २ मा एक थान, प्रदेश ५ मा १ थान, कर्णाली प्रदेशको सुर्खेतमा रहने गरी एक थान र सुदूरपश्चिममा एक थान पठाउने भएको छ । एक थान सुरक्षित राख्ने र त्यसलाई आवाश्यकताका आधारमा पठाउने निर्णय समेत गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here