२४ घण्टामा नेपालमा कोरोनाको नयाँ संक्रमित भेटिएन्

काठमाडौं, १६ चैत । पछिल्लो २४ घन्टामा नेपालमा कोरोनाको नयाँ संक्रमित फेला परेको छैन् ।

आइतबारको ब्रिफिङमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित कोरोना ब्रिफिङका क्रममा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले नयाँ संक्रमित नथपिएको जानकारी दिएका हुन्।

नेपालमा हालसम्म ९ सय १७ जानको कोरोना भाइरसको परीक्षण गरेको छ । जसमध्ये पाँच जनामा पोजेटिभ र ९ सय १२ जनामा नेगेटिभ देखिएको जानाकारी दिईयो ।

पहिलो पटक भेटिएका बिरामी भने उपचारपछि निको भइसकेका छन्। अन्य भने उपचार गराईरहेको छन् जसको अवस्था सामान्य रहेको मन्त्रालयले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here