व्यापार घाटा ४.३५ प्रतिशतले घट्यो

काठमाडौं, १७ चैत । चालू आर्थिक वर्षको सुरु देखि नै मुलुकको व्यापार घाटामा सुधारहुँदै गएको छ ।

भन्सार विभागको तथ्यांक अनुसार चालू आर्थिक वर्षको ८ महिना (साउन–फागुन) मा नेपालको व्यापार घाटा ४.३५ प्रतिशतले घटेको हो ।

तथ्यांकअनुसार फागुन मसान्तसम्ममा ८ खर्ब ४९ अर्ब ३३ करोड रुपैयाँ व्यापार घाटा रहेको तथ्यांकले देखाएको छ ।

तथ्यांक अनुसार गत वर्षको सोही अवधिमा नेपालको व्यापार घाटा ८ खर्ब ८७ अर्ब ८८ करोड रुपैयाँ रहेको थियो । गत आर्थिक वर्षको ८ महिनामा नेपालको व्यापार घाटा २४.३७ प्रतिशतले वृद्धि भएको थियो ।

चालू आर्थिक वर्षको ८ महिनामा निर्यातका क्रममा ७४ अर्ब ९० करोड ७९ लाख रुपैयाँ भित्रिएको छ ।

गत आर्थिक वर्षको फागुन महिनासम्ममा निर्यातका क्रममा ३७ अर्ब ५० करोड १९ लाख रुपैयाँ नेपाल भित्रिएको थियो ।

चालू आर्थिक वर्षको ८ महिनामा आयात २.८७ प्रतिशतले घटेको छ । गत आर्थिक वर्षको सोही अवधिमा २३.६९ प्रतिशतले बढेको थियो ।

यो आवको फागुन अन्तिमसम्ममा नेपालबाट कुल ९ खर्ब २४ अर्ब २४ करोड रुपैयाँ बाहिरिएको छ । गत आवको सोही अवधिमा ९ खर्ब ४९ अर्ब १० करोड रुपैयाँ बाहिरिएको तथ्यांकले देखाएको छ ।

आयात घटेको र निर्यात बढेकाले व्यापार घाटामा सुधार भएको हो । यो आर्थिक वर्षको पहिलो महिना देखि नै व्यापार घाटा घट्दो अवस्थामा छ । गत साउनमा व्यापार घाटा करिब १४ प्रतिशतले र भदौमा साढे ३ प्रतिशतले घटेको थियो ।

गत वर्ष देखि नै सरकारले अनुत्पादक र विलाशीताका वस्तुको आयातमा नीतिगत कडाइ गरेको छ । त्यसको सकारात्मक असर व्यापार घाटामा परेको जानकारहरु बताउँछन् ।

साउन महिनादेखि माघ समान्तसम्म विदेशबाट वस्तु तथा सेवा नेपालमा ल्याउने क्रम अर्थात आयात ३ दशमलव ५६ प्रतिशतले घटेको थियो । पछिल्लो समय कोरोनाका कारण देश पूरै लकडाउनमा छ । विभिन्न देशहरुबाट आयातमा समेत रोक लगाइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here