एनआईसी एशिया बैंकद्वारा मजदुरलाई खाद्यान्न सामग्री वितरण

काठमाडौं, १७ चैत । कोरोना भाइरसको संक्रमणबाट बच्नका लागि देश लकडाउनमा भएको बेला दैनिक ज्याला मजदुरी गर्नेहरुलाई केही राहत दिन एनआईसी एशिया बैंकले खाद्यान्न सामाग्री वितरण गरेको छ।

आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत काठमाडौंमा ज्याला मजदुरी गर्ने गरिब तथा असहाय परिवारलाई एनआईसीले नेपाल प्रहरीसँगको सहकार्यमा पाँच लाख रुपैयाँ बराबरको चामल, तेल, नुन, दाल लगायतका खाद्यान्न सामग्रीहरु वितरण गरेको हो।

आइतबार एक कार्यक्रमकाबीच बैंकका प्रमुख कार्यकारी अधिकृत रोशनकुमार न्यौपानेले महानगरीय प्रहरी कार्यालय रानीपोखरीका डिआइजी विश्वराज पोखरेललाई उक्त खाद्यान्न सामग्री हस्तान्तरण गरेका हुन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here