कोरोनाको नयाँ संक्रमित थपिएन्, संक्रमितले भेटेकाको रिपोर्ट ‘नेगेटिभ’

काठमाडौं, १७ चैत । पछिल्लो २४ घन्टामा नेपालमा कोरोनाको नयाँ संक्रमित फेला परेको छैन् ।

सोमबारको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित कोरोना ब्रिफिङका क्रममा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले पछिल्लो २४ घन्टामा नयाँ संक्रमित नथपिएको जानकारी दिएका हुन्।

कोरोना भाइरस संक्रमित चार जना बिरामीले भेटेका व्यक्तिहरुमा कोरोना पोजेटिभ नदेखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। चार बिरामीका आफन्त, उनीहरुले भेटेका केही साथीसर्कलको नमूना परीक्षण गरिएको थियो।

हालसम्म जम्मा ९ सय ७३ जनाको परीक्षण भइसकेको छ। आइतबारदेखि सोमबार चार बजेअघि रिपोर्ट आएका ७६ सशंकित बिरामीमा पनि कोरोना देखिएको छैन।

कोरोनाको आशंकामा ७ जना आइसोलेसनमा छन्। तीन पाट अस्पताल र चारजना टेकुमा रहेको मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले बताएका छन्।

पहिलो पटक भेटिएका बिरामी भने उपचारपछि निको भइसकेका छन्। अन्य भने उपचार गराईरहेको छन् जसको अवस्था सामान्य रहेको मन्त्रालयले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here