जिल्ला तथा नगर चेम्बरको नगद तथा जिन्सी सहयोग

काठमाडौं, १७ चैत । लमही (दाङ्ग) चेम्बर अफ कमर्सले लमही नगरपालिकाको कोरोना विपद व्यवस्थापन समितिको प्रमुखलाई चैत्र १६ गते रु एक लाख एक हजार एक सय एक रुपैयाँ नगद हस्तान्तरण गरेको छ ।

त्यसैगरी, स्याङ्जा चेम्बर अफ कमर्सले नगरपालिका प्रमुख सिमा कुमारी क्षेत्रीलाई चैत्र १६ गते ३ हजार माक्र्स वितरण गरेको नेपाल चेम्बर अफ कमर्शले जानकारी दिएको छ ।

यसका साथै २५ किलोको १२ वटा चामलको बोरा, आलु ५० किलो, तेल, नुन लगायतका सामानहरु वितरण गरेको छ । उसले १० वटा पिपिई पनि वितरण गरेको छ ।

पोखरा चेम्बर अफ कमर्स कास्कीले हेल्प डेस्क बनाएको छ । उसले ५ हजार मास्क प्रहरी प्रशासन, स्वास्थ्य निर्देशनालय र रुपा गाउँपालिकालाई वितरण गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here