सीमाक्षेत्रमा अलपत्र नेपालीलाई दशगजामा खान,बस्नको ब्यवस्था

पप्पु गुरुङ्ग

दोधारा, १८ चैत । कोरोना भाइरसको प्रकोपले सरकारले नेपाल भारत सीमा बन्दगरेपनि माहाकाली नगरपालिका खुला सीमा क्षेत्रमा भारतको विभिन्न स्थानबाट नेपालीहरु भित्रिने क्रम जारी रहेको छ् ।

सोमबार सशस्त्र प्रहरी सीमा सुरक्षा बल बोडर आउट पोष्ट दोधारा चाँदनीको टोलीले नेपालका बिभिन्न स्थानका ४४ जना नेपालीलाई सीमा क्षेत्रको दशगजा क्षेत्रमा अलपत्र अवस्थामा उद्धार गरेको छ ।

उनिहरु दिल्ली लगायत बिभिन्न स्थानबाट पैदल यात्रा तय गरि आफ्नो घर फर्केका थिए । माहाकाली नगरपालिका वडा नं. १ जिरोपोईन्ट नजिक भारतिय जंगलबाट हुदै सीमा क्षेत्रमा अलपत्र परेका ४४ जना नेपालीको उद्धार गरेको सशस्त्र प्रहरी सिमा सुरक्षा बल बोडर आउट पोष्ट दोधारा चाँदनीका प्रहरी निरिक्षक राम सिंह भण्डारीले जानकारी दिएका छन् ।

उद्धार गरिएकाहरुलाई दशगजा क्षेत्रमा क्याम्प लगाई बस्न र खानपानको ब्यवस्था गरिएको शस्त्र प्रहरी सीमा सुरक्षा बल बोडर आउट पोष्ट दोधारा चाँदनीका प्रहरी निरिक्षक राम सिंह भण्डारीले बताएका छन् ।

उनिहरुलाई बस्न र खानको ब्यवस्था माहाकाली नगरपालिका कार्यालयले गरेको बताईएको छ् । उनिहरुको स्वास्थ्य जाँच समेत गरिने बताईएको छ् । माहाकाली नगरपालिकाका नगर प्रबक्ता तथा वडा नं। ६ का वडा अध्यक्ष दिल बहादुर सिजालीले उनिहरुका लागी बस्न र खानपानको ब्यवस्था माहाकाली नगरपालिका कार्यालयले गरेको बताएका छन् ।

उनिहरुको रातीको सुरक्षाको लागी रातभरी सशस्त्र प्रहरी र नेपाली प्रहरीले पहरा दिने नगर प्रबक्ता सिजालीले बताएका छन् ।

संकटको बेला नेपाल प्रहरी, सशस्त्र प्रहरी र माहाकाली नगरपालिका कार्यालयले सहयोग गरेको भन्दै उनिहरुले धन्यबाद दिएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here