सीमा प्रवेशमा कडाई, दशगजामा बस्ने खानेको ब्यवस्था माहाकाली नगरपालिकाको

दोधारा, १८ चैत । कोरोना भाइरसको संक्रमण फैलिन नदिन स्थानीय प्रशासनले थप कडाइ गरेको छ् ।

स्थानीय प्रशासनले भारतीय सहरबाट मजदुरी गरेर फर्किंदै गरेका नेपालीलाई नेपाल प्रवेशमा रोक लगाएको छ् ।

स्थानीय प्रशासनले सुरक्षाकर्मी खटाएर भारतबाट फर्किएका नेपालीलाई माहाकाली नगरपालिकाका नेपाल–भारत सीमा क्षेत्र दशगजा क्षेत्रमा रोकेर राखेको छ् ।

सशस्त्र प्रहरीले नेपाल प्रवेश गर्न नदिएपछि महाकाली नगरपालिका नजिकै ५५ जनालाई स्थानियहरु र माहाकाली नगरपालिका कार्यालयले खान र बस्नको ब्यवस्था गर्दै आएको छ् ।

गृह मन्त्रालयको आदेश अनुसार उनीहरुलाई नेपाल प्रवेशमा रोक लगाइएको स्थानिय प्रशासनले जनाएको छ् ।

दशजगा क्षेत्रमा अलपत्र परेका नेपाली मजदुरहरु भारतका विभिन्न शहरबाट पैदल सीमा क्षेत्रमा पुगेका थिए ।

माहाकाली नगरपालिकाका नगर प्रमुख बिर बहादुर सुनारले समेत माहाकाली नगरपालिका वडा नं. १ पशुपती टोलमा नेपाल–भारत क्षेत्र दशगजामा रोकिराखेका नेपालीहरु संग भेट गरि उनिहरुको खान पान, बस्न र स्वास्थ्य अवस्थाको बारेमा जानकारी लिएका थिए । गृह मन्त्रालयको आदेश नआउन्जेल उनिहरुलाई के गर्ने भन्ने अन्यौलता रहेको छ् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here