काठमाडौं, १८ चैत । पछिल्लो २४ घन्टामा नेपालमा कोरोनाको नयाँ संक्रमित फेला परेको छैन् ।
मंगलबारको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित कोरोना ब्रिफिङका क्रममा मन्त्रालयका प्रवक्ता डा। विकास देवकोटाले पछिल्लो २४ घन्टामा नयाँ संक्रमित नथपिएको जानकारी दिएका हुन्।
पछिल्लो २४ घन्टामा ६७ जनाको कोरोना परीक्षण भएको थियो।
उनका अनुसार मंगलबार सवा ४ बजेसम्म नेपालमा १ हजार ६० जनामा कोरोना भाइरसको परीक्षण गरिएको छ। जसमध्ये केही दिनअघिसम्म देखिएको पाँच जना मात्र कोरोना संक्रमित छन्। पाँच जनामध्ये एक जना उपचारपछि निको भइसकेका छन्। ४ जनाको उपचार भइरहेको छ।
संक्रमण देखिएका चारै जनाको स्वास्थ्य अवस्था सामान्य पाइएको जनाईएको छ । टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा उपचारत दुवै संक्रमितको स्वास्थ्य अवस्था सामान्य रहेको अस्पताल स्रोतले जनाएको छ ।
उक्त अस्पतालमा फ्रान्सबाट गत चैत ४ गते आएकी काठमाडौंकी १९ वर्षीया युवती र गत चैत ६ गते युएईबाट नेपाल आएका एक युवकको संक्रमण देखिएको थियो । उनीहरु दुवै जनाको अहिले अस्पतालको आइसोलेसनमा उपचार भइरहेको छ ।
दुवैको जनाको दोस्रो परीक्षणको लागि स्वाव राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठाउने तयारी भइरहेको छ । यसैगरी कैलालीको धनगढीस्थित सुदूरपश्चिम प्रादेशिक अस्पतालमा उपचार गराइरहेका दुवईबाट चैत ६ गते आएका ३४ वर्षीय संक्रमित युवाको अवस्था पनि सामान्य रहेको छ ।
चैत ४ गते बेल्जियमबाट नेपाल आएकी बागलुङकी १९ वर्षीया युवतीको पनि स्वास्थ्य अवस्था सामान्य रहेको धौलागिरी अस्पतालले जनाएको छ । युवतीसँगै पोखरा गएका र उनीसँग नजिक रहेका नौ जनाको स्वाव परीक्षणको जनस्वास्थय प्रयोगशाला काठमाडौंमा भइरहेको छ ।