माहाकाली नगरपालिकाको संरक्षणमा रहेका ५५ नेपाली क्वारेनटाइनमा

पप्पु गुरुङ्ग, दोधारा, १९ चैत । कोरोना भाइरसको संक्रमण फैलिन नदिन प्रशासनले थप कडाइ गर्दै नेपाल–भारतको सीमा बन्द गरेपछि माहाकाली नगरपालिकाको सीमामा ५५ बास बस्न बाध्य भएका छन् ।

भारतको बिभिन्न स्थानबाट पैदल हिडेर आएका नेपालीहरुलाई सशस्त्र प्रहरी, नेपाल प्रहरी, माहाकाली नगरपालिका र स्थानियहरुले उनिहरुका लागी खान र बस्नको ब्यवस्था गरिदिएका छन् ।

माहाकाली नगरपालिका वडा नं. १ पशुपती टोल नजिक नेपाल–भारत सिमा स्तम्भ नजिक दशगजा जग्गामा पाल लगाएर खान र बस्नको ब्यवस्था गरिएको माहाकाली नगरपालिका वडा नं. १ का वडा अध्यक्ष अर्जुन दत्त भट्टले जानकारी दिएका छन् । उनिहरुलाई स्वच्छ पानी, बिद्युतको समेत ब्यवस्था गरिएको उनले बताए ।

सरकारले सिमा क्षेत्रमा दशगजा क्षेत्रबाट आउन नदिने निर्णय गरेपछि माहाकाली नगरपालिकाको सिमा क्षेत्रमा ५५ जना नेपाली पाल मुनी बस्न बाध्य भएको बताईएको छ् ।

उनिहरुलाई स्थानिय, माहाकाली नगरपालिकाका जनप्रतिनिधी, स्थानिय, सशस्त्र प्रहरी र नेपाल प्रहरीले उनिहरुलाई सहयोग गर्दै आएको उनिहरुले बताएका छन् । सशस्त्र प्रहरी सिमा सुरक्षा बल बोडर आउट पोष्ट दोधारा चादनीका प्रहरी निरिक्षक राम सिंह भण्डारीले रातीको समयमा पनि उनिहरुको सुरक्षाको ब्यवस्था गरेको बताएका छन् । गृह मन्त्रालयको आदेश अनुसार उनीहरुलाई नेपाल प्रवेशमा रोक लगाइएको स्थानिय प्रशासनले जनाएको छ् ।

दशजगा क्षेत्रमा अलपत्र परेका नेपाली मजदुरहरु भारतका विभिन्न शहरबाट पैदल सीमा क्षेत्रमा पुगेका थिए । माहाकाली नगरपालिकाका नगर प्रमुख बिर बहादुर सुनारले आज बिहान माहाकाली नगरपालिका वडा नं. १ पशुपती टोलमा नेपाल–भारत क्षेत्र दशगजामा रोकिराखेका नेपालीहरु संग भेट गरि उनिहरुको खान पान, बस्न र स्वास्थ्य अवस्थाको बारेमा जानकारी लिएका थिए । तर मंगलबार राती उनिहरुलाई महेन्दनगरको क्वारेन्टाइनमा पठाईएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here