यसरी गर्नुहोस् १५ रुपैयाँमा दिनभर फोन

काठमाडौं । नेपाल टेलिकमले मोबाइलमा ब्यालेन्स सकिएर दिक्दार बन्न नपर्ने योजना ल्याएको छ । ‘सेल्फ क्वारेन्टाइन’ बस्दाको समय सहज बनाउनको लागि उक्त योजना ल्याएको हो ।

यस्तो अवस्थामा नेपाल टेलिकमले उपलब्ध गराइरहेका अनलिमिटेड डे भ्वाइस प्याक र अनलिमिटेड नाइट भ्वाइस प्याक अफरहरु प्रयोग गर्न सकिन्छ । यी प्याक प्रयोग गर्दा पैसा सकिने चिन्ता नलिई जति पनि कुरा गर्न सकिन्छ टेलिकमले जनाएको छ ।

अनलिमिटेड नाइट भ्वाइस प्याक अन्तर्गत १२ रुपैयाँमा राती १० बजेदेखि बिहान ६ बजेसम्म असिमित कुराकानी गर्न सकिन्छ ।

रातभरी कुराकानी गर्नुपर्ने ग्राहकका लागि यो प्याक निकै उपयोगी छ । यो प्याक लिनका लागि *1415*1*5*4# डायल गर्नु पर्दछ । त्यसैगरी DVUNL लेखेर १४१५ मा एसएमएस पठाएर पनि यो प्याक लिन सकिन्छ ।

अनलिमिटेड डे भ्वाइस प्याक अन्तर्गत १५ रुपैयाँमा बिहान ५ बजेदेखि साँझ ५ बजेसम्म जतिपनि कल गर्न सकिने टेलिकमले दावी गरेको छ । यो भ्वाइस प्याक खरिद गर्नका लागि सिधै *1415*9*2# गर्नु पर्दछ । यो प्याक लिनका लागि DVUNL लेखेर १४१५ मा एसएमएस गर्न पनि सकिन्छ । यो प्याक एक पटक लिए पछि २४ घण्टाभित्र उपयोग गरिसक्नु पर्छ ।

विभिन्न प्याकेज प्राप्त गर्नका लागि *1415# मा डायल गरेर आफूलाई उपयुक्त हुने प्याकेज खरिद गर्न सकिन्छ ।

नेपाल टेलिकमको वेबसाइट www.ntc.net.np मा प्राप्त हुने विभिन्न प्याकेजमध्ये आफूलाई उपयोगी हुने भ्वाइस प्याक छनौट गरेर पनि प्रयोगमा ल्याउन सकिन्छ । त्यसैगरी कम्पनीको एप ‘नेपाल टेलिकम’ बाट पनि यी प्याकहरु खरिद गरी प्रयोग गर्न सकिन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here