माहाकालीको वडा नं. ८ मा २७ शैयाको क्वारेन्टाइन, हटलाइन टेलिफोन सेवा

दोधारा,१९ चैत । माहाकाली नगरपालिका वडा नं. ८ ले २७ शैयाको क्वारेन्टाइन निर्माण गरेको छ ।

माहाकाली नगरपालिका वडा नं. ८ को वडा कार्यालयको निर्णय अनुसार कोरोनाको रोकथाम र नियन्त्रणको लागी जनज्योती माध्यमिक बिद्यालयमा क्वारेन्टाइन निर्माण गरि वडामा भारत तथा अन्य देशबाट आएका वडाबासीहरुलाई क्वारेन्टाईमा राख्ने निर्णय बमोजिम निमार्ण कार्य अघि बढाईएको हो ।

द्रुतगतीमा निमार्ण कार्य सम्पन्न भएका माहाकाली नगरपालिका वडा नं. ८ का वडा अध्यक्ष ओंमप्रकाश रोकायाले जानकारी दिएका छन् । माहाकाली नगरपालिका वडा नं. ८ का वडा अध्यक्षको संयोजकत्वमा क्वारेन्टाई ब्यवस्थापन समेत गठन गरिएको बताईएको छ ।

जनज्योती माध्यमिक बिद्यालय देउरालीघाटलाई क्वारेन्टाईन निमार्ण गरिएको छ् । २७ सय्याको क्वारेन्टाईन निमार्ण सम्पन्न भएको वडा अध्यक्ष रोकायाले बताएका छन् ।

यस्तै वडालाई कारोना भाइरसबाट बचाउन होटलाईन टेलिफोन सेवा समेत संचालन ल्याईएको छ् । ९८०९४९७०५९ फोनमा जती बेला पनि सम्पर्क गर्न सकिने सबैमा अपिल गरिएको माहाकाली नगरपालिका वडा नं. ८ कार्यालयले जनाएको छ् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here