‘चीनबाट खरिद गरेको र्‍यापिड टेष्ट किट प्रमाणित किट हो’, हल्लाको पछाडि नलागौंँ’

काठमाडौं, १९ चैत । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले र्‍यापिड टेष्ट किटको विषयमा विभिन्न सञ्चार माध्ययममा प्रकाशित समाचारप्रति ध्यानाकर्षण भएको बताएको छ।

मन्त्रालयले बुधबार विज्ञप्ती निकाल्दै उक्त किटको गुणस्तर मापन गरेर गुणस्तर निक्यौल गरेपछि भएपछि मात्र प्रयोग हुने प्रष्ट पारेको छ ।

मन्त्रालयले खरिद गरेको र्‍यापिड टेष्ट किटसँग जोडी विभिन्न सञ्चारमाध्ययममा भ्रमपूर्ण समाचार आएपछि हामीले यसबारे थप प्रष्ट पार्नुपर्ने आवश्यकता देखि यो विज्ञप्ति जारी गरिएको हो’, मन्त्रालयले भनेको छ।

चीनबाट खरिद गरी ल्याएको र्‍यापिड टेष्ट किट चीन सरकारले प्रमाणित गरेको किट हो’, विज्ञप्तिमा भनिएको छ, ‘नेपालमा महामारी फैलिहाले र एकैपटक हजारौँ टेष्ट गर्नुपरेको अवस्थामा पिसिआर मेसिनले धान्न नसक्ने भएकोले र्‍यापिड टेष्ट किट प्रयोग गरी स्क्रिनिङ गर्ने र शंकास्पदको पिसिआर प्रविधिबाटै जाँच गरी निक्र्यौल गर्ने अन्तर्राष्ट्रिय मान्यता अनुसार पूर्वतयारी गर्न खोजिएको हो।’

विज्ञप्तिमा अहिले युरोप, अमेरिकाले पनि यही विधिमार्फत् परीक्षण गरेको दाबी मन्त्रालयले गरेको छ।