इसेवाले ल्यायो ‘रिफर एण्ड अर्न अफर’

काठमाडौं, १९ चैत । भुक्तानी सेवाप्रदायक इसेवाले ‘रिफर एण्ड अर्न अफर’ सार्वजनिक गरेको छ। ‘

नगदरहित समाज निर्माणको लागि आफू पनि डिजिटल सेवा प्रयोग गरौँ र अरुलाई पनि प्रोत्साहन गरौँ’ भन्ने अभियानअन्तर्गत इसेवाले हरेक व्यक्तिलाई डिजिटल अभियन्ता बनाउनका लागि यो अफर सार्वजनिक गरेको हो।

कोरोना भाइरसको प्रकोपका कारण सबैजना घरमा बसिरहेको अवस्थामा यो अफरबाट इसेवा खातामा रिफरल बोनस प्राप्त गर्न सकिन्छ। ‘

अफरअन्तर्गत इसेवा चलाउन सिकाएवापत प्रतिग्राहक ८० रुपैयाँसम्म प्राप्त गर्न सकिनेछ।

आफ्ना परिवार, साथीभाइ तथा आफ्नो मोबाइलमा रहेका सम्पर्क नम्बरहरूलाई इसेवा चलाउन सिकाउन सकिनेछ।

इसेवाबाट मोबाइल, टेलिफोन, इन्टरनेट, बिजुली तथा खानेपानीको महशुल भुक्तानी, रिचार्ज, हवाइजहाज, बसको टिकट, स्कुल कलेजलगायतको शुल्क भुक्तानी गर्न सकिन्छ। इसेवामा हाल ५० वटा बैंक तथा वित्तीय संस्था सदस्य रहेका छन्। यी बैंकबाट इसेवामा सहजै रकम जम्मा गर्न तथा इसेवाबाट बैंक खातामा रकम पठाउन सकिन्छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here