अष्ट्रेलियामा नेपाल एयरलाइन्सको ऐतिहासिक उडान, काठमाडौंबाट उड्यो वाइडबडी

१९ चैत, काठमाडौं । नेपाल एयरलाइन्सको जहाज इतिहासमै पहिलो पटक अष्ट्रलियाली भूमिमा अवतरण गर्ने भएको छ ।

नेपालको राष्ट्रिय झण्डा फहराउँदै अष्ट्रेलिया पुग्ने यस जहाजमा संयोगले सबै नागरिक अष्ट्रेलिया र न्यूजिल्याण्डका मात्र छन् ।

कूल २५७ यात्रु र २४ चालक दलका सदस्यसहित नेपाल एयरलाइन्सको जहाज अष्ट्रेलियाको ब्रिस्बेनका लागि उडेको नेपाल एयरलाइन्सले जनाएको छ ।

लकडाउन शुरु भएयता नेपालको वाइडबडी जहाजले यो दोस्रो चार्टर्ड उडान गर्दैछ ।

यसबाहेक चीनका विभिन्न शहरमा उडानको तयारी नेपाल एयरलाइन्सले गरेको छ ।

यसअघि गत आइतबार नेपाल एयरलाइन्सको जहाज चीनको ग्वाइझाउ पुगेर मेडिकल सामग्री लिएको आएको थियो ।

उक्त उडान कार्गो थियो । अष्ट्रेलिया उडेको यो जहाज मलेसियाको क्वालालाम्पुरमा इन्धन भर्नका लागि केही समय अवतरण गर्नेछ । त्यसपछि ब्रिस्बेनतर्फ लाग्ने भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here