विदेशमा अध्ययनरत विद्यार्थीलाई पैसा पठाउने सुविधा

काठमाडौं १९, चैत । एक पटकका लागि विदेशमा अध्ययनरत नो अब्जेक्सन लेटर (एनओसी) नभएका नेपाली विद्यार्थीलाई उनीहरुका आफन्तले पैसा पठाउन पाउने भएका छन् । सरकारको निर्देशनमा राष्ट्र बैंकले बुधबार उक्त व्यवस्था गरेको हो ।

। यो विदेशी मुद्रा सटही सुविधा मात्र हो । कोरोनाका कारण विभिन्न देशमा रहेका विद्यार्थी प्रभावित भएपछि दैनिक गुजराका लागि एक पटकका लागि उनीहरुका आफन्त पैसा पठाउन दिइएको हो ।

राष्ट्र बैंकले गरेको व्यवस्था अनुसार विद्यार्थीहरुलाई पैसा पठाउँदा प्रतिविद्यार्थी बढिम ५ सय अमेरिकी डलर (करिब ६० हजार रुपैयाँ) वा सो बराबरको परिवत्र्य विदेशी मुद्रा पठाउन पाइनेछ ।
गत आइतबार सरकारले विदेशमा रहेका नेपाली विद्यार्थीहरुलाई खर्चको अभाव नहोस भनेर न्यूनतम रकम सटही सुविधा दिने निर्णय गरेको थियो ।

सर्टिफिकेट अफ एनओसी लिएर अध्ययनका लागि विदेश गएका विद्यार्थीलाई पैसा पठाउन पाउने सुविधा यसअघि नै थियो । एनओसी नभएका विद्यार्थीलाई पैसा पठाउन पाइने व्यवस्था थिएन ।

सामान्य अवस्थामा एनओसी सुविधा नलिइ विदेशमा अध्ययन गर्न पाइदैन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here