राष्ट्रिय वाणिज्य बैंकको डेढ करोड आर्थिक सहयोग

काठमाडौं १९, चैत । नेपाल सरकार प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयद्धारा स्थापना गरिएको कोरोना भाइरस रोकथाम, नियन्त्रण तथा उपचार कोषमा राष्ट्रिय वाणिज्य बैंकले एक करोड ५० लाख रुपैंया आर्थिक सहयोग गरेको छ ।

बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विश्वव्यापी महामारी रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) को संक्रमणलाई फैलिन नदिन तथा सो को रोकथाम एवम् नियन्त्रणको लागि उक्त रकम सहयोग गरेको हो ।

लकडाउनको यस विषम परिस्थितिमा पनि बैंकले आफ्ना ग्राहकहरुलाई देशव्यापी एटिएम सेवा, नगद काउन्टर, रेमिट्यान्स, क्लियरिङ, एलसी लगायत बैंकिङ सेवा प्रदान गर्दै आएकोे छ ।
बैंकले २०७७ आषाढ मसान्तसम्मको लागि जुनसुकै बैंकको एटिएम कार्ड प्रयोग गर्दा ग्राहकलाई शुल्क नलाग्ने, मोवाइल बैंकिङ, इन्टरनेट बैंकिङ आदिमा समेत शुल्क नलाग्ने व्यवस्था गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here