डिजेल, पेट्रोलको मूल्य प्रतिलिटर १० रुपैयाँले घट्यो

काठमाडौं, १९ चैत । डिजेल र पेट्रोलको मूल्य प्रतिलिटर १० रुपैयाँले घटेको छ ।
नेपाल आयल निगमले बुधबार मूल्य समायोजन गर्दै पेट्रोलियम पदार्थको नयाँ मूल्य तोकेको हो ।

कोरोनाभाइरसको महामारीका कारण अन्तरराष्ट्रिय बजामार कच्चा तेलको मूल्यमा उच्च कमीका कारण नेपालको आपूर्तिकर्ता इण्डियन आयल कर्पोरेशनले पेट्रोलिम पदार्थको मूल्य घटाएका कारण नेपालमा पनि त्यसै अनुसार समायोजन गरिएको निगमले जनाएको छ ।

नयाँ मूल्य सूची अनुसार काठमाडौं उपत्यकामा बिहीबारदेखि पेट्रोल प्रतिलिटर रु. ९६ तथा डिजल र मट्टितेलप्रतिलिटर रु. ८५ मा बिक्री हुने छ । हवाई इन्धनमा पनि आन्तरिकतर्फ प्रतिलिटर रु. १५ घटेको छ जसबाट नयाँ मूल्य रु. ७५ तोकिएको छ भने अन्तराष्ट्रिय उडानतर्फ प्रतिलिटर ०.९५ डलर कायम गरिएको छ ।

एलपी ग्यासको मूल्य भने यथावत राखिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here