मनमोहन मेडिकल कलेजमा कोरोना नियन्त्रण सहकारी केन्द्र स्थापना

काठमाडौं, २० चैत । मनमोहन मेमोरियल मेडिकल कलेज, स्वयम्भूमा कोरोना नियन्त्रण सहकारी केन्द्र स्थापना गरिएको छ ।

६३औं राष्ट्रिय सहकारी दिवसको अवसरमा बिहीबार स्वयम्भूस्थित मनमोहन अस्पतालमा कोरोना नियन्त्रण सहकारी केन्द्रको स्थापना गरिएको हो । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले एक कार्यक्रममा सो केन्द्रको उद्घाटन गरिन् ।

कोरोनाभाइरसको संक्रमणका कारण विश्वसँगै देश पनि अहिले संकटमा परेका बेलासंक्रमणको रोकथामका निम्ती सहकारी दिवस केन्द्रित रहेको राष्ट्रिय सहकारी महासंघले बताएको छ ।

महासंघकै नेतृत्वमा नेपाल स्वास्थ्य सेवा सहकारी संस्थाद्वारा सञ्चालित मनमोहन मेमोरियल मेडिकल कलेज तथा शिक्षण अस्पताल कोरोना नियन्त्रण सहकारी केन्द्रको स्थापना गरिएको हो ।

सहकारी सेवामूलक संस्था हो भन्ने पहिचान दिने अवसर भएको भन्दै सहकारी दिवसका दिन कोरोना उपचार केन्द्रको स्थापना गरिएको मन्त्री अर्यालले बताइन् । ‘सहकारीद्वारा सञ्चालित अस्पताललाई अधिकतम् प्रयोग गर्ने, केन्द्रीय स्तरमा कोरोना रोकथाम केन्द्र स्थापना गर्ने लक्ष्यका साथ यो अस्पताल छनोट गरिएको हो,’ उनले भनिन् ।

सहकारीहरु जनताकै घरदैलोमा पुगेर सेवा दिने संस्था भएकाले देश संकटमा परेको बेला सहकारीले आफ्ना सदस्यमार्फत कोरोनाबाट नआत्तिन, सचेत रहन, सम्भावित जोखिम पहिचान गर्न जनतालाई सहयोग गर्न सक्ने र केन्द्र त्यसैको एक उदाहरण भएको पनि मन्त्री अर्यालले बनाइन् ।

कोरोनाको महामारीलाई नियन्त्रण गर्नका लागि सहकारी अभियानको ऐक्यबद्धतामा उक्त सेन्टरको स्थापना गरिएको कोरोना नियन्त्रण सहकारी व्यवस्थापना समितिका संयोजक तथा महासंघका वरिष्ठ उपाध्यक्ष ओमदेवी मल्लले जानकारी दिइन् ।

त्यस अवसरमा मन्त्री अर्यालसहित मन्त्रालयका सचिव केदार न्यौपाने, सहकारी विभागका रजिष्ट्रार डा. टोकराज पाण्डे, नेपाल बहुउद्देश्यीय केन्द्रिय संघका अध्यक्ष सुरेन्द्र भण्डारी, सहकारी बैंकका अध्यक्ष केबी उप्रेती, नेपाल स्वास्थ्य सेवा सहकारी संस्थाका अध्यक्ष तथा बागमती प्रदेशका सांसद राजेन्द्र पाण्डे लगायतका सहकारीकर्मीहरुको उपस्थिती रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here