समताको विश्व रेकर्ड

काठमाडौं, २ बैसाख । एक सय रुपैयाँमा विद्यार्थीलाई गुणस्तरीय शिक्षा दिंदै आएको समता स्कुललाई वर्ल्ड बुक अफ रेकर्डसमा समावेश गरिएको छ ।

समतालाई विश्वकै सस्तो (पहुँचयुक्त) विद्यालयको रुपमा वर्ल्ड बुक अफ रेकर्डसले प्रमाणपत्र प्रदान गरेको हो । शिशुकक्षा देखि स्नातकोत्तरसम्म समताले प्रति विद्यार्थी एक सय रुपैयाँमा पढाउँदै आएको छ ।

वर्ल्ड बुक अफ रेकर्डसले विश्वभरमा सिर्जना भएका विभिन्न प्रकारका कीर्तिमानहरुको अभिलेख राख्दै आएको छ ।
कीर्तिपुरस्थित सफलता एचआईभी शिक्षा सदनले यस अघि नै विश्वको विशिष्ट प्रकारको पहिलो विद्यालयको रुपमा वर्ल्ड बुक अफ रेकर्डस पाइसकेको छ । सफलताले एचआईभी संक्रमित बालबालिकालाई शिक्षा, खाना, अवास र लत्ताकपडाको व्यवस्था गर्दै आएको छ ।

त्यसबाहेक सगरमाथामा बनाइएका विभिन्न कीर्तिमान, पशुपति, लुम्बिनीजस्ता स्थललगायत पनि वल्र्ड बुक अफ रेकर्डसमा समावेश भइसकेका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओली तथा पूर्व प्रमद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालले सोमवार बालुवाटारमा आयोजित एक कार्यक्रममा समता स्कूल काठमाडौंलाई वर्ल्डबुक अफ रेकर्डस लण्डनले जारी गरेको वर्ल्ड बुक अफ रेकर्डस् हस्तान्तरण गरे ।

समता स्कुल

स्कुलका तर्फबाट समता फाउण्डेसनका अध्यक्ष उत्तम सञ्जेलले सो प्रमाणपत्र ग्रहण गरेका छन् ।

प्रमाणपत्र हस्तान्तरणपछि प्रधानमन्त्री ओलीले १ सय रुपैंयामा विद्यार्थी पढाएर समताले गरीबका छोराछोरीलाई समताले गुन लगाएको बताए । ‘यसमा म समता टिमलाई धन्यवाद दिन चाहन्छु । अंग्रेजी माध्यममा राम्रो शिक्षा लिन्छु भन्नेहरुका लागि पैसाका कारणले पढ्न नपाउने अवस्था अब रहेन,’ उनले भने ।

समता स्कूलका कारण नेपाललाई विश्वले पनि पहिचान गरेको समेत उनले बताए । ‘सस्तो र गुणस्तरीय शिक्षाका लागि नेपालमा अवसर छ भन्ने कुराको जानकारी विश्वले पाएको छ,’ प्रधानमन्त्री ओलीले भने ।

प्रधानमन्त्री ओलीले यस बर्षदेखि विद्यालय उमेरका कोही पनि बालबालिका विद्यालय बाहिर नहुने स्पष्ट पारेका छन् ।

1 COMMENT

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here