कोरोना कोषमा मेगा बैंकले १ करोड ३५ लाख दिने

काठमाडौं, २० चैत । मेगा बैंक नेपालले कोरोना भाइरस रोकथामका लागि संघीय र प्रदेश सरकारले स्थापना गरेको कोषमा कुल १ करोड ३५ लाख रुपैयाँ सहयोगको घोषणा गरेको छ ।

कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचारका लागि केन्द्रीय सरकारले स्थापना गरेको कोषमा १ करोड रुपैयाँ र सातै वटै प्रदेशले स्थापना गरेको कोषमा ५/५ लाख गरी जम्मा १ करोड ३५ लाख रुपैयाँ सहयोग गर्ने निर्णय मेगा बैंक सञ्चालक समितिले गरेको हो ।

सहयोग रकम केन्द्रीय र प्रदेश सरकारको कोषमा जम्मा गरिने मेगा बैंककी प्रमुख कार्यकारी अधिकृत (सीईओे) अनुपमा खुञ्जेलीले जानकारी दिइन् । उनका अनुसार संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत मेगा बैंकले गर्ने यो सहयोग रकम भित्र मेगा बैंकका १२ सयभन्दा बढी कर्मचारीका साथै सञ्चालक समितिका सदस्यहरुले पनि व्यक्तिगत योगदान गर्नेछन् ।

जसअन्तर्गत सहायक तहका कर्मचारीले २ दिनको तलब, अधिकृत तहका कर्मचारीले ३ दिनको तलब, प्रबन्धक तहका कर्मचारीले ४ दिनको तलब र उच्च व्यवस्थापन तहले ५ दिनको तलब बराबरको रकम करिब ३्० लाख ८७ हजार रुपैयाँ प्रदान गर्नेछन् । त्यसै गरी सञ्चालक समितिका प्रत्यक सदस्यले २५ हजार सहयोग गर्दै १ लाख ७५ हजार रुपैयाँ प्रदान गर्नेछन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here