कोरोनाबाट विश्वभर एकैदिन करिब ६ हजारको मृत्यु, संक्रमितको संख्या १० लाख नाघ्यो

काठमाडौं, २१ चैत । विश्वभर कोरोना भाइरसबाट एकैदिन ६ हजार जनाको ज्यान गएको छ ।

वर्ल्डोमिटर्सको पछिल्लो तथ्याङ्कअनुसार बिहीबार विश्वभर कोरोना भाइरस संक्रमणका कारण ५ हजार ९ सय ७४ जनाले ज्यान गुमाएका छन्। सोही दिन विश्का २ सय ४ देश तथा क्षेत्रमा ७९ हजार ५ सय ५१ जना कोरोना भाइरसका नयाँ बिरामी थपिएका छन्।

संक्रमितको संख्या १० लाख नाघेको भने करिब ५३ हजार पुगेको छ । बिहीबारसम्म विश्वमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या १० लाख १४ हजार ४ सय ९९ रहेको छ। यीमध्ये ५३ हजार १ सय ५९ जनाको मृत्यु भइसकेको छ।

कूल संक्रमितमध्ये हालसम्म २ लाख १२ हजार १८ जना उपचारपछि निको भइ घर फर्केका छन्।

फ्रान्समा एकैदिन १ हजार ३ सय ५५ जनाको मृत्यु भएको छ। एक दिनमा मृत्यु हुने संख्यामा यो अहिलेसम्मकै उच्च भएको विश्व स्वास्थ्य संगठनले जनाएको छ।

यसअघि अमेरिकामा एक हजारभन्दा धेरैको मृत्यु भएको थियो। फ्रान्समा मृत्यु हुनेको संख्या ५ हजार ३ सय ८७ पुगेको छ।

त्यस्तै पछिल्लो २४ घन्टाभित्र फ्रान्समा २ हजार १ सय १६ जना संक्रमित थपिएका छन्।अहिले विश्वका विभिन्न अस्पताल तथा घरमै बसेर कोरोना भाइरसका ७ लाख ४९ हजार ३ सय २२ जना बिरामी उपचार गराइरहेका छन्। यीमध्ये ३७ हजार ६ सय ९८ को स्वास्थ्य अवस्था गम्भिर रहेको छ भने ७ लाख ११ हजार ६ सय २४ जनाको अवस्था सामान्य छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here