सहिद लखन गाउँपालिकाद्धारा सीमा क्षेत्रमा अलपत्र नागरिकको उद्धार

काठमाडौं, २१ चैत । नेपाल भारत सीमा क्षेत्रमा अलपत्र नेपालीको गोरखाको सहिद लखन गाउँपालिकाले उद्धार गरेको छ ।

कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणको लागि सरकारले लकडाउ गरेपछि सीमाक्षेत्र बेलहियामा ७ दिनदेखि रोकिएका तीनजना नेपालीको शहिद लखन गाउँपालिका उद्धार गरेको हो ।

गाउँपालिकाको वडा नं २ मनकामना आरुबोटका बर्ष २८ का रबि नेपाली, बर्ष २१ का राम बहादुर नेपाली र बर्ष १९ का रमेश नेपालीलाई जिल्ला प्रशासन कार्यालय गोरखाको समन्वयमा उद्धार गरिएको जनाईएको छ ।

उद्धार गरिएकालाई गोरखा ल्याई गोरखा अस्पतालमा स्वास्थ्य परीक्षण स्वास्थ्य सतर्कताको लागि शहिद लखन गाउँपालिकाको व्यवस्थापनमा बालज्योति प्राथमिक विद्यालयको क्वारेन्टाइन राख्ने प्रबन्ध गरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here