भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या ७२ पुग्यो, एकैदिन ५ सय संक्रमित भेटिए

काठमाडौं, २१ चैत । कोरोना भाइरसको संक्रमणबाट भारतमा मृत्यु हुनेको संख्या ७२ पुगेको छ। बिहीबार थप १४ जनाको मृत्यु भएको छ। ५ सय ४५ जना संक्रमित भेटिएका छन्। योसँगै संक्रमित हुनेको संख्या २ हजार ५ सय ४३ पुगेको छ।

यसअघि एकैदिन २३ जनाको मृत्यु भएको थियो। संक्रमितमध्ये १ सय ९१ जना भने उपचारपछि घर फर्किएका छन्।

भारतमा सबैभन्दा धेरै महराष्ट्र, केरल, दिल्ली, उत्तर प्रदेश, कर्नाटक प्रदेहरु प्रभावित भएका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here