एनआईसी एशियाद्धारा मजदूरलाई वितरण गर्ने खाद्यान्न सामग्री हस्तान्तरण

काठमाडौं, २१ चैत । लकडाउनको बेला रोजगारविहीन बनेका दैनिक ज्याला मजदूरी गर्नेलाई केही राहत दिन एनआईसी एशिया बैंकले ५ लाख बराबरको चामल, तेल, नुन, दाल लगायतका खाद्यान्न सामग्रीहरु वितरण गरेको छ ।

बैंकले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत प्रदेश १ मा ज्याला मजदूरी गर्ने गरिब तथा असहाय परिवारलाई प्रदेश १ सरकारसँगको सहकार्यमा उक्त सहयोग हस्तान्तरण गरेको हो ।

विराटनगरस्थित मुख्यमन्त्रीको कार्यालयमा एक कार्यक्रमकाबीच बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत सन्तोषकुमार राठीले प्रदेश १ का मुख्यमन्त्री शेरधन राईज्यूलाई उक्त खाद्यान्न सामग्री हस्तान्तरण गरे ।

प्रदेश १ सरकारसँगको सहकार्यमा वितरण गरेको खाद्यान्न सामग्रीबाट लकडाउनले गर्दा दैनिक छाक टार्न गाह्रो भएका परिवारलाई केहि भएपनि राहत मिल्ने विश्वास बैंकले लिएको छ । बैंकले यसअघि काठमाडौंमा ज्याला मजदुरी गर्नेहरुका लागि समेत नेपाल प्रहरीसँगको सहकार्यमा ५ लाख बराबरको खाद्यान्न सामग्री वितरण गरिसकेको छ ।

लकडाउनको समयमा पनि ग्राहकको समस्यालाई मध्येनजर गर्दै बैंकले सातवटै प्रदेशमा ‘ग्राहक सहायता केन्द्र’ स्थापना गरी २४ सैं घण्टा आवश्यक बैंकिङ सेवा तथा सुविधा प्रदान गरिरहेको छ ।

बैंकले हाल देशभरका ३१९ शाखा कार्यालय, ४६१ एटीएम, १०८ वटा एक्स्टेन्सन काउण्टर एवं ६१ वटा शाखारहित बैंकिङमार्फत् बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here