काठमाडौं, २१ चैत । नेपालमा कोरोनाका संक्रमितको संख्या सात पुगेको छ । भारतबाट फर्किएका कास्कीका एक व्यक्तिमा कोरानाको संक्रमण देखिएसँगै संक्रमितको संख्या सात पुगेको हो ।
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणका क्रममा उनको रिपोर्ट पोजिटिभ देखिएको र थप पुष्टिका लागि काठमाडौ परीक्षण हुँदैछ ।
गण्डकी प्रदेश स्तरीय कोरोना नियन्त्रण तथा ब्यवस्थापन समन्वय समिति स्रोतका अनुसार गण्डकीमा गरिएको परीक्षणमा कोरोना पोजिटिभ देखिएको बताए ।

‘हामीले पिसीआर मेसिन परीक्षणकै रुपमा सञ्चालन गरेका छौं। यसरी सञ्चालन गर्दाखेरी यहाँको परीक्षणको क्रममा एकजनाको रिपोर्ट कोरोना पोजिटिभ देखियो,’ ‘यसको कन्फर्म गर्नका लागि काठमाडौं पठाएका छौं। उताबाट पनि पोजिटिभ आयो भने घोषणा गर्छौं।’
यसअघि फ्रान्स हुँदै दोहाबाट काठमाडौं आएकी १९ वर्षीया युवती र बेल्जियबाट दोहा हुँदै काठमाडौं आएकी बागलुङकी २२ वर्षीया युवतीमा कोरोना पोजेटिभ पाइएको थियो।
यसअघि दुबईबाट काठमाडौं हुँदै धनगढी पुगेका ३४ वर्षीय युवकलाई कोरोना देखिएको थियो।























