‘टिक टक’ बनाउँदा आफ्नै साथीलाई गोली चलाएपछि…

काठमाडौं, २ बैशाख । पछिल्लो समय मोबाईलमा धेरै नै लोकप्रिय रहेको ‘टिकटक’ एपमा भिडियो बनाउने क्रममा भारतको नयाँ दिल्लीमा एक जनाको ज्यान गएको छ ।

भारतीय सञ्चार माध्यमका अनुसार कारभित्र बसेर टिकटक बनाउने क्रममा साथीले चलाएको पेस्तोलको गोली लागेर एक १९ वर्षिय युवकको ज्यान गएको हो ।

घटना आइतबार रातीको दिल्लीको बाह्रखम्बा रोडमा भएको हो । तीन जना साथीहरु सोहेल खान, सलमान जाकिर र आमिर करिब ११ः३० बजेतिर दिल्लीको इन्डिया गेट घुमेर निस्केका थिए ।

खबरहरुका अनुसार ईन्डिया गेट घुमेर निस्केपछि कारभित्र सोहिलले घरेलु बन्दुकको प्रयोग गरी टिकटक भिडियो बनाउने क्रममा अचानक बन्दुकबाट गोली चलि कार चलाइरहेका सलमान जकिरको देवे्र गालामा लागेको थियो ।

घटना लगत्तै सलमानलाई नजिकैको एलएमजीपी अस्पतालमा पुर्याइएको थियो तर, डाक्टरले उनको मृत्यु भएको घोषणा गरेको प्रहरीले बताएको छ ।

सलमानसँगै कारमा रहेका साथीहरुलाई प्रहरीले पक्राउ गरेर अनुसन्धान गरिरहेको छ । गोली दुर्घटनावस चलेको हो वा नियतवस चलाइएको भन्ने बारेमा अनुसन्धान भईरहेको पनि प्रहरीले जनाएको छ ।

सलमानका पिता हाजी सकिरले भने साथीहरुले सलमानको हत्या गरेको आरोप लगाएका छन । पोस्र्टमार्टमको रिपोर्ट आएपछि धेरै कुरा खुल्ने भन्दै प्रहरीले अरु विवरण दिएको छैन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here