दोधारा चाँदनीमा घुम्ती खाद्यान्न बिक्री सेवा सञ्चालन

दोधारा, २१ चैत । माहाकाली नगरपालिकामा घुम्ती खाद्यान्न बिक्री सेवा संचालनमा आएको छ् ।

कोरोना भाइरसको संक्रमण फैलिन नदिन जारी गरिएको लकडाउनका कारण माहाकाली नगरपालिकाका बजार पूर्णरुपमा ठप्प भएपछि नगरबासीमा खाद्यान्न अभाव नहोस भनेर माहाकाली नगरपालिकाले सहकार्य गरि घुम्ती खाद्यान्न बिक्री सेवा संचालनमा ल्याइएको माहाकाली नगरपालिकाका नगर प्रबक्ता दिल बहादुर सिजालीले जानकारी दिएका छन् ।

माहाकाली नगरपालिकाका बिभिन्न चोक तथा टोलमा नगरबासीमा खाद्यान्न अभाव नहोस भनेर ब्यापारी संग समन्वयमा घुम्ती खाद्यान्न बिक्री सेवा संचालनमा ल्याइएको उनले बताए । घुम्ती खाद्यान्न बिक्री सेवा मार्फत चामल, तेल, दाल, तरकारी लगायतका खाद्यान्न सामाग्री स्थानीयका घरमा सुफत मुल्यमा बिक्री गरिदै आएको बताईएको छ् ।

विश्वमा महामारीकोरुपमा रहेको कोरोना भाइरस नियन्त्रण गर्न सरकारले लकडाउन गरिएको अवधीमा बजारमा भिड अनियंत्रित भए पछि यो विकल्प रोजिएको छ् । लकडाउनले माहाकाली नगरपालिकाका सबै पसलहरु बन्द भएको हुदा स्थानियहरुलाई सहजताको लागी घुम्ती खाद्यान्न बिक्री सेवा संचालनमा ल्याईएको हो । घुम्ती खाद्यान्न बिक्री सेवा संचालन भएपछि माहाकालीबासी खुशी भएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here