विश्वभर कोरोना संक्रमितको संख्या ११ लाख नजिक, मृतकको संख्या ५९ हजार नाघ्यो

काठमाडौं, २२ चैत । विश्वभर कोरोना भाइरसको संक्रमणबाट मर्नेको संख्या ५९ हजार नाघेको छ । शनिबार बिहानको तथ्यांक अनुसार कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ५९ हजार १ सय ३१ पुगेको छ। विश्वभर कुल १० लाख ९७ हजार ९ सय ९ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ।

त्यस्तै, २ लाख २५ हजार ७ सय ९६ जना उपचारपछि निको भएका छन्।

यो भाइरसबाट एकैदिन करिब ६ हजारको मृत्यु भएको छ। सबैभन्दा बढी बिरामी र मृत्यु हुनेको संख्या अमेरिकामा देखिएको छ।

अमेरिकामा २ लाख ७७ हजार १ सय ६१ जनामा कोरोनाको संक्रमित रहेका छन्, जसमध्ये ७ हजार ३ सय ९२ जनाको मृत्यु भइसकेको छ।

इटालीमा १ लाख १९ हजार ८ सय २७ जनामा कोरोना भाइरसको संक्रमण रहेकोमा १४ हजार ६ सय ८१ जनाको मृत्यु भएको छ। स्पेनमा कोरोना भाइरसका कूल संक्रमितको संख्या १ लाख १९ हजार १ सय ९९ पुगेको छ । यीमध्ये ११ हजार १ सय ९८ जनाको मृत्यु भएको छ।

जर्मनीमा कोरोनाका बिरामी ९१ हजार १ सय ५९ पुगेका छन् जसमध्ये १ हजार २ सय ७५ जनाको मृत्यु भएको छ। चीनमा ८१ हजार ६ सय २० कोरोनाका संक्रमित रहेकोमा ३ हजार ३ सय २२ जनाले ज्यान गुमाइसकेका छन्। फ्रान्समा ६४ हजार ३ सय ३८ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ। यीमध्ये ६ हजार ५ सय ७ को मृत्यु भइसकेको छ।

इरानमा ५३ हजार १ सय ८३ जनामा कोरोना संक्रमण देखिएको छ जसमध्ये ३ हजार २ सय ९४ जनाको मृत्यु भइसकेको छ।

बेलायतमा ३८ हजार १ सय ६८ जनामा कोरोनाका संक्रमण रहेकोमा ३ हजार ६ सय ५ जनाको मृत्यु भएको छ। टर्कीमा कोरोना संक्रमितको संख्या २० हजार ९ सय २१ रहेको छ । यीमध्ये ४ सय २५ जनाको मृत्यु भइसकेको छ।

अमेरिकामा शुक्रबार एकैदिन ३२ हजार ८८ जनामा कोरोनाको संक्रमण देखिएको थियो भने १ हजार ३ सय २० जनाको मृत्यु भएको छ। इटालीमा शुक्रबार थप ४ हजार ५ सय ८५ जनामा कोरोना भाइरस देखिएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here