व्यक्ति तथा संघसंंस्थाले आफूखुसी राहत बाड्न नपाउने

कठमाडौं, २२ चैत । लकडाउनका कारण समस्यामा परेका मजदूर तथा विपन्न परिवारलाई आफूखुसी राहत वितरण गर्न रोक लगाइएको छ ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सबै स्थानीय तहलाई परिपत्र गरी राहत वितरणमा एकद्वार प्रणाली अवलम्बन गर्न निर्देशन दिएको हो ।

सरकारले कोरोना भाइरस नियन्त्रण र सम्भावित जोखिमसँग जुध्नका लागि भैरहेका प्रयासअन्तर्गत राहतका कार्यक्रम एकद्वार प्रणालीबाट लैजाने निर्णय गरेसँगै निजी तथा सरकारी संघसस्थाले आफूखुसी राहत बाड्न नपाउने भएका छन् ।

विभिन्न व्यक्ति, संघसंस्था, सरकारी तथा गैसरकारी निकायबाट उपलब्ध गराउने राहत स्थानीय तहमा जम्मा गरेर मात्र वितरणको व्यवस्था मिलाउन मन्त्रालयले स्थानीय तहहरुलाई निर्देशन दिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here