२४ घण्टामा कोरोनाका एक लाख बढी संक्रमित थपिए, विश्वभर ६४ हजारको मृत्यु

काठमाडौं, २३ चैत । कोरोना भाइरसको संक्रमणबाट हालसम्म विश्वमा ६४ हजार ६ सय ७८ जनाले ज्यान गुमाइसकेका छन्।

पछिल्लो २४ घन्टामा विश्वक एक लाख भन्दा बढीमा संक्रमण भएको पाइएको छ। सोही अवधिमा कोरोना भाइरस संक्रमणबाट विश्वमा साढे ५ हजार भन्दा बढीले ज्यान गुमाएका छन्।

संक्रमितमध्ये २ लाख ४६ हजार ३ सय ८३ जना उपचारपछि निको भएका छन्। हालः विश्वका विभिन्न अस्पताल तथा घरमै बसी ८ लाख ९० हजार ४ सय १२ जना कोरोना भाइरस संक्रमितले उपचार गरिरहेका छन्। उपचारतमध्ये ४२ हजार २ सय ८८ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ भने ८ लाख ४८ हजार १ सय २४ जनाको अवस्था सामान्य रहेको जनाइएको छ।

शनिबार विश्वभर १ लाख २ हजार ३ सय ६६ जनामा कोरोना भाइरसको संक्रमण देखिएको थियो भने ५ हजार ५ सय ३४ जनाको मृत्यु। वल्डोमिटर्सको तथ्याङ्कअनुसार शुक्रबार एकदिनमा विश्वका ८२ हजार ७ सय ४५ जनामा कोरोना भाइरसको संक्रमण देखिएको थियो भने ५ हजार ९ सय ७२ जनाको मृत्यु भएको थियो।

शनिबार सबैभन्दा बढी संक्रमित अमेरिकामा थपिएका छन् भने बढीको मृत्यु फ्रान्समा भएको छ। शनिबार एकैदिन अमेरिकामा ३३ हजार १ सय २५ जनामा कोरोना भाइरस देखिएको थियो भने १ हजार ४८ जनाको मृत्यु भएको थियो।

स्पेनमा शनिबार ६ हजार ९ सय ६९ जनामा कोरोनाका संक्रमण देखिएको थियो। सोही दिन स्पेनमा ७ सय ४९ जनाले ज्यान गुमाएका छन्। इटालीमा शनिबार ४ हजार ८ सय ५ जनामा कोरोनाको संक्रमण देखिउको थियो, जहाँ ६ सय ८१ जनाको मृत्यु समेत भएको थियो।

जर्मनीमा शनिबार थप ४ हजार ९ सय ३३ जनामा कोरोनाको संक्रमण देखिएको थियो। सोही दिन त्यहाँ १ सय ६९ जनाको मृत्यु भएको थियो। फ्रान्समा शनिबार कोरोना भाइरसको संक्रमणका कारण १ हजार ५३ जनाले ज्यान गुमाएका थिए, जहाँ सोही दिन ७ हजार ७ सय ८८ जना नयाँ बिरामी अस्पताल पुगेका थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here