बागलुङकी ६५ वर्षीया वृद्धाको परिवारकै कोरोना परीक्षण रिपोर्ट नेगेटिभ

काठमाडौं, २३ चैत । कोरोना संक्रमित बागलुङ नगरपालिकाकी ६५ वर्षीया महिलाका परिवारको कोरोना परीक्षणको नतिजा नेगेटिभ आएको छ।

धौलागिरि अञ्चल अस्पतालका सूचना अधिकारीका अनुसार उनका ससुरा, बुहारी र दुई नाति सहित चारै जनाको परीक्षण रिपोर्ट नेगेटिभ आएको हो ।

उनिहरुको थ्रेट स्वाब शुक्रबार परीक्षणका लागि पठाइएको थियो। पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रयोगशालामा गरिएको परीक्षणमा उनीहरु सबैको नतिजा नेगेटिभ आएको जनाइएको छ ।

गत चैत ४ गते बेल्जियमबाट कतार हुँदै नेपाल आएकी उनमा कोरोनाको संक्रमण पुष्टि भएपछि उनका परिवारको समेत परीक्षण गरिएको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here