भारतमा कोरोना संक्रमितको संख्या ३६ सय नाघ्यो, १०९ को मृत्यु

काठमाडौं, २३ चैत । भारतमा कोरोना भाइरसका संक्रमित दिनदिनै बढ्न थालेका छन्।

द हिन्दुमा प्रकाशित समाचार अनुसार आइतबारसम्म भारतमा ३ हजार ६ सय ३७ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ भने १ सय ९ जनाले ज्यान गुमाएका छन् ।

भारतका दक्षिणी राज्यहरूमा कोरोना भाइरसको संक्रमण बढी देखिएको छ।

महाराष्ट्रमा सबैभन्दा धेरै ६३५ जनामा संक्रमण देखिएको छ भने तमिलनाडुमा ४ सय ८५ जनामा कोरोना संक्रमण भएको छ।

नेपालसँग सीमा जोडिएको उत्तरप्रदेशमा २३४ बिरामी भेटिएका छन् भने बिहारमा ३१, पश्चिम बंगालमा ६३ र उत्तराखण्डमा १६ जनालाई संक्रमण देखिएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here