राजस्व संकलनमा भारी गिरावट, सरकारका आर्थिक परिसूचक अधुरै !

काठमाडौं, २३ चैत । चालु आर्थिक वर्ष २०७६/७७ मा ११ खर्ब १२ अर्ब रुपैयाँ राजस्व संकलन गर्ने सरकारी लक्ष्यमा कोरोनाले धक्का दिएको छ ।

कोरोना भाइरसका कारण सरकारले लकडाउन गरेपछि अर्थतन्त्र नै ठप्प भएसँगै दैनिक राजस्व संकलनमा भारी गिरावट आएको हो ।

चालू आर्थिक वर्ष कर राजस्व मात्र १० खर्ब ९ अर्ब उठाउने लक्ष्य रहेको छ । तर, लकडाउनका कारण सरकारका आर्थिक परिसूचक भने अधुरै रहने भएको छ । सरकारको कामलाई मूल्यांकन गर्ने महत्वपूर्ण मापक भनेको देशका आर्थिक परिसूचकहरु हुन् ।

आर्थिक परिसूचकमा सकारात्मक सुधार देखिएमा सरकारलाई सफल मान्ने र परिसूचकहरु ऋणात्मक देखिएमा सरकारको असफलता मान्ने प्रचलन छ ।

महालेखा नियन्त्रक कार्यालयका अनुसार शनिबारसम्म मात्र ५ खर्ब ७३ अर्ब २१ करोड रुपैयाँ राजस्व संकलन भएको छ ।

फागुन, चैत्र, वैशाख र जेठमा राजस्व संकलन हुने सुखद महिना भए पनि यो महिनामा कोरोना संक्रमण आयात-निर्यात गर्ने राष्ट्रमा परेकाले यी महिनामा राजस्व संकलन न्यून हुने भन्सार कार्यालयको अनुमान छ।

यसबीच ८० प्रतिशतसम्म राजस्व संकलन गर्न सके मात्रै फलदायी लक्ष्य पूरा गर्न सकिने भन्सार अधिकारीको दाबी छ ।

राजश्व संकलन पनि सुस्त गतिमा देखिएको बेला कोरानाले कारण झनै मारमा सरकार परेको छ । राजश्व संकलनको स्थिति हेर्दा सरकार आफैंले निर्धारण गरेको लक्ष्य भेट्टाउन सक्ने अवस्था देखिन्न ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here