विपन्नलाई माहाकाली नगरपालिकाले राहत दिने, प्रतिपरिवार कति पाउँछन् ?

दोधारा, २३ चैत । माहाकाली नगरपालिकाले लकडाउनको समयमा दैनिक ज्यालादारी गर्ने मजदुर र विपन्न परिवारलाई खाद्यान्न उपलब्ध गराउने भएको छ् ।

माहाकाली नगरपालिका नगर प्रमुखको सभापतित्वमा बसेको जनप्रतिनिधीहरुको बैठकले उक्त निर्णय गरेका हुन् । ‘अब लकडाउनकै कारण माहाकाली नगरपालिका भित्र कसैले पनि भोक भोकै बस्नु पर्ने छैन,’ माहाकाली नगरपालिकाका नगर प्रमुख बिर बहादुर सुनारले भने, ‘विपन्न परिवार र दैनिक ज्यालादारी मजदुरलाई आवश्यकताको पहिचान गरेर खाद्यान्न उपलब्ध गराउने निर्णय गरेका छौं ।’

बिपन्न तथा असाहय नागरिकहरुलाई हालको लकडाउनको अवधिको लागी सहज बनाउन ५ जना सदस्य भए १० केजी चामल, २ केजी दाल, १ लिटर खाने तेल, १ केजी नुन, ६ देखी १० जना सम्म परिवारको सदस्य भएमा १५ केजी चामल, ३ केजी दाल, २ लिटर तेल तथा १० भन्दा बढी परिवार सदस्य भए २० केजी चामल, ५ केजी दाल, ३ लिटर खाने तेल, ३ केजी नुन दिने निर्णय गरिएको माहाकाली नगरपालिकाका नगर प्रबक्ता तथा वडा नं। ६ का वडा अध्यक्ष दिल बहादुर सिजालीले जानकारी दिएका छन् ।

राहत एकद्धार प्रणालीद्धारा बितरण गर्न माहाकाली नगरपालिकाले ब्यवस्थापन गरि वडाका बिपद् ब्यवस्थापन समितिद्धारा बितरण गरिने माहाकाली नगरपालिकाका नगर प्रबक्ता तथा वडा नं. ६ का वडा अध्यक्ष दिल बहादुर सिजालीले बताएका छन् ।

विश्वभर फैलिएको कोरोना भाइरसको सम्भावित संक्रमण नियन्त्रणका लागि पूर्व तयारी थालेको माहाकाली नगरपालिकाले माहाकाली नगरपालिकाका सबै वडाहरुमा क्वारेन्टाईन स्थापना गर्ने समेत निर्णय गरेको छ् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here