चैतमा विदेशबाट आएका सबैको र्‍यापिड टेष्ट गरिने

काठमाडौं, २३ चैत । चैत महिनामा नेपाल प्रवेश गर्ने सबैको सबैको र्‍यापिड डायगोनिस्टिक टेस्ट (आरडीटी) प्रविधिबाट कोरोना परीक्षण गरिने भएको छ ।

शनिबार बसेको मन्त्रिपरिषद्को बैठकले यस्तो निर्णय गरेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाले जानकारी दिए।

कैलाली, कञ्चनपुर र बागलुङमा कोरोना संक्रमण देखिएका नजिकका व्यक्तिहरुको पनि परीक्षण गर्ने तयारी गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यसरी गरिएको र्‍यापिड टेस्टबाट पोजेटिभ देखिए पीसीआर प्रविधिबाट पुनः परीक्षण गरिने भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here