कोरोना रोकथाम कोषमा स्वावलम्बनको २५ लाख रुपैयाँ

काठमाडौं, २३ चैत । स्वावलम्बन लघुवित्त वित्तीय संस्थाले कोरोनाभाइरस (कोभिड–१९) संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा २५ लाख रुपैयाँ सहयोग गरेको छ । संस्थाले कोषको नाममा रहेको राष्ट्रिय वाणिज्य बैंक, काठमाडौंमा रहेको खातामा उक्त रकम जम्मा गरेको हो ।

संस्थाले संस्थागत सामाजिक उत्तरदायित्वअन्तरगत कोरोनाभाइरसको संक्रमण रोकथाम, नियन्त्रण, उपचारका साथै न्यून आय भएको साथै अप्ठ्यारोमा परेको वर्ग, समुदायलाई दैनिक उपभोग्य सामग्री वितरणमा सहयोग पुग्ने विश्वास लिई आर्थिक सहयोग रकम उपलब्ध गराएको बताएको छ ।

राष्ट्रियस्तरको कार्यक्षेत्र रहको स्वावलम्बनले ६१ जिल्लामा रहेका १ सय ४० वटा शाखा कार्यालयमार्फत २ लाख ५० हजार सदस्य तथा परिवारलाई प्रत्यक्ष लघुवित्त सेवा तथा विभिन्न गैर वित्तीय, दक्षता अभिवृद्धि लगायतका सेवा प्रदान गर्दै आएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here