दाना अभाव देखाउँदै किसानले गरे कुखुरा नष्ट

नुवाकोट, २३ चैत । कारोना महामारीका कारण दाना अभाव देखाउँद व्यवसायीैले कुखुरा नष्ट गर्न थालेका छन् । नुवाकोट जिल्ला बेलकोटगढी नगरपालिका १२ मा रहेको गणेश पोल्टी फर्मले ५ हजार कुखुरा नष्ट गरेको जनाएको छ ।

फर्मका प्रोपाइटर तथा कुखुरा व्यवसायी लोकेश रिमालले करिब ५ हजार कुखुरा खाल्डो खनेर गाडेको जानकारी दिए ।

रिमालका अनुसार मुलुक लकडाउनको अवस्थामा रहेकाले कुखुरा नबिक्ने र पालेर राख्नका लागि दानाको अभाव भएकोले व्यवसायीले यस्तो निर्णय लिनुपरेको हो । उनले नगरपालिकाले नै डोजर दिएपछि आफुले कुखुरा पुरेको जानाकारी दिए ।

सरकारले केही दिन अघि कुखुरा तथा दाना बोक्ने गाडीलाई रोक नलगाउने बताएको भएपनि दाना अभाव रहेको र आएको दानामा समेत खराबी देखिएको र कुखुरा समेत मर्न थालेपछि पाल्न नसकेको रिमालको भनाई रहेको छ ।

यस्तै बेलकोटगढी ५ का गोकर्ण नेपालले पनि आफुले पालेको सबै कुखुरा नष्ट गरेको जानकारी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here