धनगढीका कोरोना संक्रमित युवकको दोस्रो रिपोर्ट पनि पोजेटिभ

काठमाडौं, २३ चैत । धनगढीका कोरोना भाइरस संक्रमित युवकको दोस्रो रिपोर्ट पनि पोजेटिभ आएको छ ।

सेती प्रादेशिक अस्पतालका अनुसार उपचाररत ३४ वर्षीय युवकको दोस्रो रिपोर्ट पनि पोजेटिभ देखिएको हो ।

उनका परिवारका सदस्यहरुको पुनः थ्रोट स्वाब संकलन गरी परीक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला पठाइएको थियो ।

दुबईबाट आएका उनी चैत ११ गते अस्पताल भर्ना भएका थिए । उनमा १४ गते कोरोना पुष्टि भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here