कोरोनाबाट अमेरिकामा एकै दिन ४ नेपालीको मृत्यु

काठमाडौं । अमेरिकाको न्युयोर्कमा रहेका चारजना नेपालीको शनिबार कोरोनाभाइरसका कारण मृत्यु भएको छ।

यस अगाडि ५० वर्षीय अनिल लिम्बूको मृत्यु भएको थियो। योसँगै अमेरिकामा कोरोनाका कारण मृत्यु हुने नेपालीको सङ्ख्या पाँच पुगेको छ।

शनिबार मृत्यु हुनेमा ४० वर्षीय सोनाम लामा, ४८ वर्षीय थोक्मे बिष्ट, निमा टेम्बा शेर्पा र अजयमान छोचु छन्। सबै न्युयोर्कमा बस्दै आएका थिए।

निधन भएका परिवार र स्थानीय सङ्घसंस्थाका प्रतिनिधिसँग समन्वय गरेर अन्तिम संस्कार गरिने मेरिल्यान्ड राज्यसभाका विधायक ह्यारी भण्डारीले जानकारी दिए।
रासस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here