कोरोनाबाट मृत्यु हुनेको संख्या ६९ हजार नाघ्यो, संक्रमित १३ लाख नजिक

काठमाडौं, २४ चैत । विश्वभर कोरोना भाइरसको कारण ६९ हजार ४ सय २६ जनाले ज्यान गुमाएका छन्।

पछिल्लो तथ्याङ्क अनुसार आइतबार सम्म विश्वभर १२ लाख ७२ हजार ९ सय जनामा कोरोना संक्रमण भएको पाइएको छ।

कूल संक्रमति मध्ये २ लाख ६२ हजार ३ सय ३१ जना उपचार पछि निको भइ अस्पताबाट घर फर्केका छन्।

हालः विश्वभर ९ लाख ४१ हजार १ सय ४३ जना कोरोनाका बिरामी उपचारत छन्।

उपचारत मध्ये ४५ हजार ५ सय ८९ को स्वास्थ्य अवस्था गम्भिर रहेको छ भने ८ लाख ९५ हजार ५ सय ५४ जनाको अवस्था सामान्य छ।

कोरोना भाइरसबाट सबैभन्दा बढी प्रभावित देशमा अमेरिका, स्पेन, इटाली, जर्मनी, फ्रान्स, चीन, इरान, बेलायत, टर्की, स्वीट्जरल्याण्ड, बेल्जियम र नेदरल्याण्ड्स रहेका छन्।

अमेरिकामा पछिल्लो २४ घटनामा कोरोनाबाट १२ सय जनाको ज्यान गएको छ। जोन होप्किन्स युनिभर्सिटीको अपडेट अनुसार एकै दिन त्यहाँ १२ सय जनाको मृत्यु भएको हो।

योसँगै अमेरिकामा कोरोनाबाट मृत्यु हुनेको संख्या ९ हजार ६१६ पुगेको छ। त्यस्तै अमेरिकामा कोरोना संक्रमितको संख्या ३ लाख ३६ हजार ८६१ पुगेको छ। अमेरिकामा अहिलेसम्म १७ हजार ९७७ जना ठिक भएका छन्। अमेरिकामा अहिलेसम्म न्युयोर्कमा मात्र ४ हजार १५९ जनाको मृत्यु भएको छ।

त्यस्तै न्यूजर्सीमा ९१७ जनाको मृत्यु भएको छ भने मिचिगनमा ६१७ जनाको ज्यान गएको छ। त्यस्तै लुसियानामा ४७७, क्यालिफोर्नियामा ३४७, वाशिंटनमा ३३८, इलिनियोइसमा २७४, जर्जियामा २१९, मसाचुसेट्समा २३१, फ्लोरिडामा २२१, कोनेक्टीकटमा १८९, पेन्सिलभेनियामा १५०, कोलोरोड़ोमा १४०, टेक्सासमा १३३, इण्डियनामा १२७ र ओहियोमा ११९ जनाको मृत्यु भएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here