भारतमा कोरोनाबाट एकैदिन १८ जनाको मृत्यु , संक्रमितको संख्या चार हजार नाघ्यो

काठमाडौं, २४ चैत । भारतमा कोरोनाबाट संक्रमित हुनेको संख्या ४ हजार नाघेको छ । आइतबारमात्र भारतमा ७ सय बढी संक्रमित थपिएका छन्। संक्रमित मध्ये ३ हजार ८७४ जना उपचाररत छन् भने ३२८ जना उपचारपछि घर फर्किएका छन्।

मृत्यु हुनेको संख्या १ सय १७ पुगेको भारतीय अधिकारीहरुले जनाएका छन्।

कोरोना भाइरसको संक्रमणबाट भारतको महाराष्ट्रमा एकैदिन १८ जनाको मृत्यु भएको छ।

सबैभन्दा बढी महाराष्ट्र प्रदेशमा ४५ जनाको मृत्यु भएको छ। त्यसपछि तेलं‌गानामा १२, मध्यप्रदेशमा १३, गुजरातमा ११, दिल्लीमा ७, पश्चिम बंगालमा ६, राजस्थानमा ५, कर्नाटकमा ४, पंजाबमा ७, तमिलनाडुमा ५ जनाको मृत्यु भएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here