लकडाउनको समय सकिँदै, सबैको चासो थप कति दिन हुन्छ ?

काठमाडौं, २४ चैत । सरकारले दोस्रो पटक थप गरेको लकडाउनको समय मंगलवार सकिँदैछ।

सरकारले चैत १० गते पहिलो पटक सात दिनको लागि लकडाउन गरेको थियो। त्यसपछि पनि संक्रमित बिरामीको सङख्या थपिदै गएकाले लकडाउनको समय २५ गतेसम्म पुर्‍याएको थियो ।

लकडाउनको समय बढाउने भए कति बढाउने भन्ने बिषयमा निर्णय मन्त्रिपरिषद् बैठक सोमबार बस्दैछ । प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार दिउँसो २ बजे मन्त्रिपरिषद् बैठक बोलाएका छन् ।

गृहमन्त्रालयले लकडाउनको समय लम्बिने भएपछि सुरक्षा निकायलाई पनि सुरक्षा व्यवस्था मजबुत बनाउन निर्देशन दिइसकेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here