‘चार्टर्ड फ्लाइट’ को ‘एजेन्ट’लाई कसिमन नदिन मन्त्री भट्टराईको निर्देशन

काठमाडौं, २४ चैत । अस्ट्रेलियामा नेपाल एयरलाइन्सले गरेको चार्टर्ड उडानमा एजेन्टका रुपमा काम गरेको बोन ट्राभल्सलाई कसिमन नदिन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले निर्देशन दिएका छन् ।

‘चार्टर्ड फ्लाइट’ बापतको टिकेटिङ व्यवस्थापन गरेको बोन ट्राभल्सलाई कमिसन बापतको भुक्तानी रोक्न नेपाल वायुसेवा निगमका नेतृत्वलाई भट्टराईले निर्देशन दिएका हुन् ।

अस्ट्रेलियन दूतावासले न्युजिल्यान्ड र अस्ट्रेलियाका दुई सय ७४ नागरिकलाई स्वदेश लैजान नेपाल एयरलाइन्सको वाइडबडी जहाज चार्टर्ड गरेको थियो ।

निगमको ‘चार्टर्ड फ्लाइट’मा नियतबद्ध रुपमा एजेन्ट घुसाएर अनियमितता भएको भनि विवाद भएको थियो । गत बुधबार निगमको जहाज काठमाडौंबाट अस्ट्रेलियन नागरिक बोकेर अस्ट्रेलियाको ब्रिसबेन उडेको थियो ।

बोन ट्राभलसँग एयरलाइन्सले प्रति घन्टा १८ हजार १ अमेरिकी डलरका दरले सम्झौता गरेको थियो।

एयरलाइन्सका अनुसार यो उडान २५ घन्टा २५ मिनेटको भएको थियो। यसअनुसार नेपाल एयरलाइन्सले ४ लाख ५७ हजार २५ डलर पाउने छ। उक्त रुपैयाँ ५ करोड ४८ लाख ४३ हजार हुन्छ।

यसमा बोनले अब टिकेटिङको कमिसनबापत् जम्मा मूल्यको ५ प्रतिशत अर्थात् २७ लाख ४२ हजार १५० रुपैयाँ कमिसन सिधा कमिसन पाउँछ।

यसमा एजेन्सीले टिकेटिङको सेग्मेन्ट आम्दानी पनि पाउँछ। उसले यसमा प्रतिसेग्मेन्ट प्रतिटिकट ५ डलर पाउँछ। अर्थात् २५७ टिकटबाट २ सेग्मेन्टको ३ लाख ८ हजार रुपैयाँ छुट्टै पाउँछ।

यस हिसाबले एजेन्टले सोझै कमाउने रकम ३० लाख बढी हुन्छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here