लकडाउन वैशाख ३ सम्म लम्ब्याउने मन्त्रिपरिषद्‍को निर्णय

काठमाडौं, २४ चैत । सरकारले कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि गरेको लकडाउनको समयावधि थप गरेको छ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद्को बैठकले वैशाख ३ गतेसम्मलाई लकडाउन लम्ब्याउने निर्णय लिएको हो।

विश्वभर महामारीको रुपमा फैलिएको कोरोना रोकथाम तथा नियन्त्रणका लागि सरकारले यसअघि पहिलो पटक चैत ११ देखि १८ गतेसम्म लकडाउन घोषणा गरेको थियो । त्यस्तै, दोस्रो पटकमा त्यसलाई लम्ब्याउँदै चैत २५ गतेसम्म पुर्‍याइएको थियो ।

हाल नेपालमा ९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भइसकेको छ भने सरकारले पनि नेपालमा कोरोना दोस्रो चरणमा प्रवेश गरेको बताइसकेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here