माहाकाली नगरपालिमा कोरोना नियन्त्रणका लागि सशस्त्र प्रहरी (फोटोफिचर)

पप्पु गुरुङ्ग, दोधारा,२४ चैत । कोरोना भाइरस (कोभिड १९) लाई रोकथाम तथा नियन्त्रणमा यतिबेला खटिएका सशस्त्र प्रहरी उच्च जोखिममा रहेका छन् ।

सशस्त्र प्रहरीले माहाकाली नगरपालिकामा कोरोना संक्रमणको चेन तोड्ने कार्यमा सशस्त्र प्रहरीको भुमिका प्रशंसा गर्न थालिएको छ् । सशस्त्र प्रहरी सीमा सुरक्षा बल बोडर आउट पोष्ट दोधारा चाँदनीमा अहिले आएर १ सय ८ जना सुरक्षाकर्मीहरु कोरोना भाइरस नियन्त्रण तथा रोकथाममा कटिबद्ध देखिन्छन् ।

बिहानै ४ बजे हिडेको टोली अबेर राती आफ्नो बेस क्याम्प फर्किने गरेका छन् । भारत संग सीमा जोडिएको माहाकाली नगरपालिका पर्ने ३५ किलोमिटर क्षेत्रका नाकालाई पूर्णरुपमा शिल गरेर २४ सै घण्टा निगरानी गरिएको सशस्त्र प्रहरी सीमा सुरक्षा बल बोडर आउट पोष्ट दोधारा चाँदनीका प्रहरी निरिक्षक राम सिंह भण्डारीले जनाएका छन् ।

सशस्त्र प्रहरी सीमा सुरक्षा बल बोडर आउट पोष्ट दोधारा चाँदनीले माहाकाली नगरपालिकाको आन्तरिक र सिमा सुरुक्षा यतिबेला निकै कडा गरेको स्थानियहरुले बताउँछन् ।

सशस्त्र प्रहरीले मोवाईल भ्यान, पैदल गस्ती तथा सादा पोशाकमा २४ सै घण्टा गस्ती गर्दै आएका छन् । कोरोना भाइरसका कारण नेपाल र भारत दुवै देशमा लकडाउन गरिएपछि माहाकाली नगरपालिकाको खुला सीमा क्षेत्र सिल गरेर सशस्त्र प्रहरी बल बोडर आउट पोष्ट दोधारा चाँदनीले उच्च निगरानीमा राख्दै आएको छ् ।

कञ्चनपुरको गड्डा चौकी नाका बन्द भएपछि माहाकाली नगरपालिकाको नेपाल–भारत खुला सिमा क्षेत्रबाट नेपालीहरु भित्रिदै गर्दा झण्डै ३५ किलोमिटर क्षेत्रको खुला सिमा क्षेत्रमा आवागमन रोक्न सशस्त्र प्रहरी सफल हुदै आएको छ् । ‘सीमा क्षेत्रको अवस्था हाल अति संवेदशिल भएको छ् ।

नेपालबाट खुला सिमाको कारण मानिसहरु भारत जान खोज्नु र भारतबाट नेपालतिर आउनेहरुलाई रोक्ने काम सशस्त्र प्रहरीले गरिरहेको छ्’ सशस्त्र प्रहरी सिमा सुरक्षा बल बोडर आउट पोष्ट दोधारा चाँदनीका प्रहरी निरिक्षक राम सिंह भण्डारीले भने ।

सिमा क्षेत्रमा आवागमन गर्नेहरुलाई रोक्न तथा सम्झाउने, बुझाउने कार्यमा सशस्त्र प्रहरीमा समेत भाइरसको संक्रमण सर्न सक्ने प्रबल सम्भावना रहेको आंकलन गर्न थालिएको छ् ।

सीमा क्षेत्र मात्र नभएर सशस्त्र प्रहरी बलले लकडाउनलाई पूर्णरुपमा कार्यान्वयन गर्नका लागि माहाकालीका सीमा क्षेत्र तथा मुख्य बजार क्षेत्रमा स्थानीय सरकार संगको सहकार्यमा २४ सै घण्टा गस्ती गरिरहेको माहाकाली नगरपालिकाका नगर प्रबक्ता दिल बहादुर सिजालीले जानकारी दिएका छन् ।

‘माहाकाली नगरपालिकामा यस्तो बिपद्को बेलामा ज्यानको पर्वाह नगरि सशस्त्र प्रहरीको प्रहरी निरिक्षक राम सिंह भण्डारी र उनको टोली कोरोना भाइरसको संक्रमण रोक्न सक्रिय भुमिका निर्वाह गर्नुभएको छ्’ माहाकाली नगरपालिकाका नगर प्रबक्ता दिल बहादुर सिजालीले बताए ।

सशस्त्र प्रहरीले माहाकाली नगरपालिकामा रहेको आफ्नो न्यून जनशक्तिलाई अधिकतम प्रयोग गरेर सीमा क्षेत्र र बजार क्षेत्रमा प्रभावकारीरुपमा परिचालन गरेको माहाकाली नगरापालिकाका नगर प्रबक्ता सिजालीको भनाई रहेको छ् ।

सशस्त्र प्रहरी सीमासुरक्षा बल बोडर आउट पोष्ट दोधारा चाँदनीले सीमा क्षेत्र, बजार, आन्तरिक सुरक्षा समेत दिदै आएको स्थानियहरुको भनाई रहेको छ् ।

सशस्त्र प्रहरीले सिमा क्षेत्रमा केही दिन अलपत्र परेका पहिलो पटक ६ सय ५० जना, दोस्रो पटक ५५ जना र १५ जना तथा छिटपुट गरि २ हजार भन्दा बढी उद्धार, स्वास्थ्य चेकजाँच, खानपान तथा बस्नको ब्यवस्था माहाकाली नगरपालिका र स्थानियहरु संग समन्वय गरि गरेको हो ।

उनिहरलाई गन्तब्य तथा क्वारेन्टाईन सम्म प¥याउन सहयोग गर्दे आएको छ् । माहाकाली नगरपालिकाको खुला सिमा क्षेत्रमा आवत जावत गर्नेहरुलाई सशस्त्र प्रहरीका प्रहरी निरिक्षक भण्डारी आफै दिन रात कोरोना संक्रमण ‘चेन’ तोड्न खटिदै आएका छन् ।

सशस्त्र प्रहरीले कञ्चनपुरका एक कोरना संक्रमितको चेन तोड्न सफल भएपछि भारतबाट महिना दिनको अवधिमा कञ्चनपुरको माहाकाली लगाएत बिभिन्न स्थानबाट ७५ हजार भन्दा बढि भित्र्रिएका छन् । यस तर्फ समेत सरकारले ध्यान दिदै कोरना संक्रमितको चेन तोड्नु पर्ने सुझाव आएको छ् । आगामी दिनमा समेत भारत वा तेस्रो मुलुकबाट आउने नेपालीलाई अनिवार्य क्वारेन्टाईन गरेर प्रवेश गर्न दिनुपर्नेमा सुझाव अघि सारिएको छ् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here