कोरोनाबाट मृत्यु हुनेको संख्या ७० हजार नाघ्यो

काठमाडौं, २४ चैत । विश्वमा कोरोना भाइरसबाट मुत्यु हुनेको संख्या ७० हजार नाघेको छ ।

सोमबार साँझसम्म कोरोना संक्रमणबाट ७० हजार ७ सय ८७ जनाको मृत्यु भइसकेको छ ।

त्यस्तै हालसम्म १२ लाख ९६ हजार ७ सय ७० जना संक्रमित छन् । पछिल्लो समय कोरोनाबाट अमेरिका र युरोपेली मुलुकहरुमा भयावह स्थिति सिर्जना भएको छ ।

विश्वको सबैभन्दा बढी कोरोना संक्रमित रहेको अमेरिकामा ९ हजार ६ सय २४ जनाको मृत्यु भएको छ । त्यस्तै ३ लाख ३६ हजार ९सयभन्दा बढी कोरोना संक्रमित छन् भने १७ हजार ९ सय ७७ जना उपचार पछि घर फर्किएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here