२०७७ सालमा कुन-कुन दिन बिदा हुन्छ बैंक तथा वित्तीय संस्था ?

काठमाडौं, २५ चैत । नेपाल राष्ट्र बैंक जनशक्ति व्यवस्थापन विभागले विक्रम सम्बत २०७७ सालको बैंक तथा वित्तीय संस्थाहरु बिदाको सूचि सार्वजनिक गरेको छ ।

राष्ट्र बैंकले सार्जजनिक गरेको बैंकिङ बिदाको क्यालेण्डर अनुसार शनिबारबाहेक २५ दिन बिदा पाउने भएका छन्।

राष्ट्र बैंकका अनुसार बैंकमा कार्यरत कर्मचारीले दशैंमा ५ दिन र तिहारमा तीन दिन बिदा पाउने भएका हुन्। बिदा वैशाख १ गतेदेखि विभिन्न दिनहरुमा रहेको छ ।

विश्व मजदूर दिवस, बुद्ध जयन्ती, भोटोजात्रा, गाइजात्रा, हरितालिका तिज(महिला कर्मचारीलाई मात्र), इन्द्रजात्रा (काठमाण्डौ उपत्यकालाई मात्र), जितिया पर्व, संविधान दिवस लगायतमा बैंक विदा हुने बताइएको छ ।

२०७७ सालको दशैमा फुलपातीदेखी एकादशीसम्म अर्थात कात्तिक ७ गतेदेखि ११ गतेसम्म बिदा हुने छ । यस्तै तिहारमा ३ लक्ष्मी पुजादेखि भाइटिकासम्म अर्थात कात्तिक २९ गतेदेखि मंसिर १ गतेसम्म बिदा हुनेछ ।

कर्मचारीहरुले विश्व मजदुर दिवस, अन्य विभिन्न दिवस, चाडपर्व, जात्रा लगाउतमा पनि बिदा पाउने राष्ट्र बैंकले जनाएको छ ।

तिहारमा भने लक्ष्मीपूजादेखि भाइटीकासम्म ३ दिन विदा हुने राष्ट्रबैंकको सूचनामा उल्लेख छ ।

फाल्गुनन्द जयन्ती, गुरु नानक जयन्ती, अन्तराष्ट्रिय अपांगता दिवस, अन्तराष्ट्रिय महिला दिवस, महाशिवरात्रि, फागू पूर्णिमा, घोडेजात्रा लगायतका दिन पनि विदा हुनेछ ।

सम्बन्धित धर्म, संस्कृति, भौगोलिक क्षेत्र र स्थान विशेषका लागि मात्रै १२ खालका विदा दिइने सूचिमा उल्लेख छ ।

यसबाहेक नेपाल सरकारले निर्णय गरेका बिदामा पनि कर्मचारीले बिदा पाउने छन्। सरकारले घोषणा गरेका बिदा पूर्ण दिनका लागि हुने नेपाल राष्ट्र बैंकले जनाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here